इटाली नेसन्स लिगको सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित


गोलको खुशीमा रमाउँदै इटालियन खेलाडी ।

एजेन्सी-नेसन्स लिग अन्तर्गत बोसनिया एण्ड हर्ज कोभिनालाई पराजित गर्दै इटाली सेमिफाईनल प्रवेश गरेको छ । इटालीले महत्वपूर्ण जित निकाल्ने क्रममा २-० गोलले नतिजा आत्मसात गर्यो ।

समूह चरणमा नेदरल्याण्डलाई एक अंकले पछि पार्दै सेमिफाईनल सुरक्षित गर्दा इटालीले लगातार २२ खेल अपराजित रह्यो । इटालीले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको थियो ।

२२ औं मिनेटमा आन्द्रेय बेलोट्टीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल खेलको ६८ औं मिनेटमा गर्दै जित सुनिश्चित बनाएको थियो । डोमिनिक बेरारडीले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जित पक्का बनाए ।