यु-१७ महिला विश्वकप भारतले आयोजना गर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


आयोजनाको तयारीमा रहेको महिला विश्वकप रद्द ।

एजेन्सी-विश्वव्यापी कहरको रुपमा देखिएको कोरोना भाईरसकै कारण सन २०२० मा हुने भनिएको यु-१७ महिला विश्वकप फुटबल प्रतियोगिता स्थगित गरिएको छ ।

स्थगित भएको प्रतियोगिता सन २०२२ मा भारतमा आयोजना गर्ने निर्णय समेत गरिएको छ । प्रतियोगिता आगामी फेब्रुअरी र मार्चमा आयोजना गर्ने तालिका थियो । नयाँ सस्करण सन २०२२ को नोभेम्बरमा आयोजना गरिने छ ।

कोरोनाको कहरले सबै क्षेत्र सन्त्रासमय भएको अवस्थाले पनि खेल स्थगित गरिएको जनाएको छ । फुटबलको सर्वोच्च संस्था फिफाले कोरोना महामारीलाई देखाउँदै भारतमा आगामी सन २०२२ मा निर्णय गरिने तय गरिएको हो । फिफाले भर्चुअल बैठक मार्फत निर्णय गरेको जनाएको छ ।

यु- १७ महिला विश्वकपसँगै फिफाले यु २० महिला विश्वकप समेत रद्द गरेको छ । सन २०२२ मा यु-२० महिला विश्वकपको लागि कोष्टारिकालाई आयोजना गर्ने स्वीकृति दिईएको छ ।

फिफाले सार्वजनिक गरेको निर्णय अनुसार फिफा क्लब विश्वकप समेत डिसेम्बरबाट आगामी फेब्रुअरी ११, २०२१ सम्म सारिएको छ । आगामी जनवरी भित्रमा एएफसी कन्टिनेन्टलका प्रतिस्पर्धाहरुकै कारण क्लब विश्वकपलाई सारिएको उल्लेख गरेको छ ।