टोटनह्याम र म्यानेचष्टर सिटी शनिबार भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


रहिम र सन ।

एजेन्सी-टोटनह्याम हट्सपर र म्यानचेष्टर सिटी बीच शनिबार प्रतिस्पर्धा हुदैं छ । ईग्लिस प्रिमियर लिग अन्तर्गत खेल दुवैको लागि महत्वपूर्ण हुने छ । यद्यपी नियमित खेलाडीहरु मैदानमा उत्रिनुपर्ने कारणले पनि थकित छन् । खेलाडीहरु घाईते हुदाँ क्लबहरु समस्यामा समेत छन् ।

टोटनह्यामका व्यवस्थापक जोसे मोरिन्होले एक वर्ष पुरा गरे । सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले पनि आफनो सम्झौतलाई थप दुई वर्षको लागि लम्ब्याएका छन् । दुवैलाई सम्झौता र वर्षदिनको पुरा गरेको सुखद नजिता निकाल्ने प्रतिक्षामा छन् ।

जितको अपेक्षा दुवैको छ । यद्यपी शनिबारको खेलले नै नतिजा दिने छ । सिटी १२ अंकसहित १० औ स्थानमा छ । टोटनह्याम भने १७ अंकसहित लिगको दोस्रो स्थानमा छ ।

टोटनह्यामका सन ह्युङ मिन, ह्यारी केन, गारेथ बेल लगायतको खेलाडीको महत्वपूर्ण कम्बिनेसन देखिन सक्छ । सिटीको पनि केभिन डी ब्रुने, रहिम स्टारलिङ, फिलिपे फोडेन, ग्रावियल जेसस र फेरान टोरेस जस्ता खेलाडी छन् । उनीहरुको कम्बिसेनलाई चिर्नुपर्ने खाँचो छ ।प्रिमियर लिगकै सिटी गत फ्रेब्रुअरीमा टोटनह्यासँग २-० ले पराजित भएको थियो ।