
सदस्य कराँते साधारण सभा ।
पोखरा-राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय गर्न नसकेको जिकिर गरे । उनले पोखरामा शनिबार आयोजित कास्की जिल्ला क्योकुशिन कान कराँतेको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राज्यले खेलाडीलाई न्याय गर्न नसकेको उल्लेख गरे ।
‘राज्यको लागि खेल्ने खेलाडीलाई न्याय गर्न सकेको छैन्’ उनले भने–‘खेलेर बाँच्ने सक्ने बनाउन सकिएको छैन् ।’ खेलाडीले खेलमै आफनो जोवन फाल्ने भएपनि जीवन चलाउन कठिन हुदाँ राज्यले त्यसतर्फ ध्यान दिन नसकेको प्रष्ट्याए । ‘खेलाडीलाई न्याय गर्न सकिएमात्रै राज्यले खेलाडीबाट पदकको आशा गर्न सक्छ । अन्यथा पदकको अपेक्षा गर्न सकिदैन् ।’ बोर्ड सदस्य श्रेष्ठको भनाई थियो । उनले खेलकुदको क्षेत्रमा भएको खराब कुराहरुलाई फाल्दै खेलाडीको हक हितको लागि काम गर्न आवस्यक रहेको स्पष्ट पारे ।
राष्ट्रियस्तरमै सबैभन्दा बढि पदक ल्याउने खेल मार्सलआर्ट भएपनि राज्यले खेललाई ओझेलमा पारेको दावी गरे । उनले आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने हुदाँ त्यसको लागि समेत खेलाडीले प्रशिक्षण तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल क्योकुशिन कान कराँतेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले कोभिड–१९को कारण प्रशिक्षणमा समस्या परेपनि सुरक्षा विधि अपनाएर मुख्य खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए ।
क्योकुशिन कराँते संघ कास्कीका अध्यक्ष अध्यक्ष बेलबहादुर थापाको अध्यक्षतामा भएको सभामा कोषध्यक्षको प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत गरे । साधारण सभा मार्फत नै संघको रिक्त रहेको कोषाध्यक्षमा सुजन आचार्य र सदस्यमा सुनिल थापा र अर्जुन बरामलाई नियुक्त गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…