चेल्सीको जितसँगै लिगको शीर्षस्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


गोल गरेपछि खुशी मनाउँदै चेल्सीका खेलाडी ।

एजेन्सी-चेल्सीले न्युक्यासल युनाईटेडलाई पराजित गर्दै ईंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राती भएको प्रतिस्पर्धामा चेल्सीले क्युक्यासलमाथि २-० गोलले पराजित गरेको थियो ।

पहिलो हाफमै आत्मघाती गोलबाट अग्रता लिएको चेल्सीले अर्को गोल भने दोस्रो हाफमा मात्रै सम्भव बनायो ।

बलमाथिको नियन्त्रण अधिक राखेपनि चेल्सीले स्कोर निकाल्न ६५ मिनेट कुर्नुपरेको थियो । तर पहिलो हाफको १० औं मिनेटमा आत्मघाती गोलसँगै चेल्सीले अग्रता लिएको थियो ।

दशौं मिनेटमा फेडरिक फर्नाण्डेजले आत्मघाती गोलको उपहार दिएपछि चेल्सीले पहिलो हाफमा अग्रता लियो । ६५ औं मिनेट टमी अब्राहमले अर्को गोल थप्दै चेल्सीको सहज जित पक्का गरे ।