इण्डियन सुपरलिग, मुम्बईमाथि नर्थईष्टको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


रातो कार्ड दर्शन गर्दै मुम्बईका अहमेद ।

एजेन्सी-इण्डियन सुपर लिग अन्तर्गत शनिबार भएको प्रतिस्पर्धामा नर्थइष्ट फुटबल क्लबले मुम्बई सिटी फुटबल क्लबलाई १-० गोलले पराजित गरेको छ ।
शनिबार दश खेलाडीमा सीमित मुम्बईलाई पराजित गर्न नर्थईष्टले पेनाल्टीको सहारा लिनु पर्यो ।

४३ औं मिनेटमा अहेमद जाहोहले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मुम्बई पहिलो हाफ सकिनु दुईमिनेट अघि नै दश खेलाडीमा सीमित हुन पुग्यो ।

पहिलो हाफ बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफमा भने नर्थईष्टले पेनाल्टी मार्फत गोल गर्दै जित पक्का बनायो । ४९ औं मिनेटमा मुम्बईका रउलिन बोरगेसको पेनाल्टी क्षेत्रभित्र ह्याण्ड भएपछि नर्थईष्टले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई क्वेसी एप्पिअले गोल गर्दै जित दिलाएका थिए ।