
बल नियन्त्रण गर्दै मेस्सी ।
एजेन्सी-डियागो सिमोन्सको एथलेटिको मडिर्डले पहिलो पटक बार्सिलोनामाथि साँघुरो जित निकाल्दा रियल मड्रिडले भने भिल्लारियलसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
एथलेटिको मड्रिडले बार्सिलोनालाई १-० ले पराजित गर्दै ला लिगाको शीर्षस्थानको भिल्लारियलसँग २० अंक बराबरी भएपनि दोस्रो स्थानमा छ । रियल मड्रिडले भने १७ अंकसहित चौथो स्थानमा छ ।
एथलेटिकोले बार्सिलोनामाथि जित निकाल्न पहिलो हाफको इन्जुरी समयमा सम्भब बनायो । ४५ प्लस ३ मिनेटमा यान्निक कारास्कोले गोल गरे । उनको गोल बार्सिलोनामाथि जित दर्ता गर्न पर्याप्त हुन पुग्यो ।
कारास्कोको निर्णायक गोलमा सिमोन्सको टोलीले बार्सिलोनामाथि शनिबार पहिलो जित निकाल्दै आत्मविश्वासी बन्यो । मेस्सीको जादुमयी खेल एथलेटिकोमाथि प्रभाव देखिन सकेन् ।
एन्टोनोई ग्रिजमनले आफनो पूर्व क्लब विरुद्ध गोल गर्न असथर्म रहे ।
गएराती नै रियलले भिल्लारियलसँग १(१ गोलको बराबरी खेल्यो । दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको रियलले दोस्रो हाफको अन्त्यतिर आईपुग्दा पेनाल्टीमा गोल खाँदै अंक बाँड्न पुग्यो ।
मारिनोको पेनाल्टी क्षेत्रबाट हानेको हेडर गोलमा परिणत भएपछि रियलले पहिलो हाफ अग्रतामा टुग्यायो । आफना अधिकांश भरपर्दा खेलाडीहरु घाईते हुदाँ बेन्चमा राखेर नयाँ खेलाडीलाई मैदानमा उतारेको रियलले भिल्लारियलमाथि दबाव भने सृजना गर्यो ।
७६ औं मिनेटमा पेनाल्टी पाएको भिल्लारियलले बराबरी गोल गर्दै अंक बाँड्यो । जेरार्ड मोरेनो पेनाल्टीमा गोल गर्दै भिल्लारियलको लागि अंक खोसे । उनले पेनाल्टी अघि नै पाएको उत्कृष्ट अवसरलाई गुमाउँदा बराबरी गर्नबाट चुक्न पुगे ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…