
फुलह्याम र एभर्टन बीच प्रतिस्पर्धाको झलक ।
एजेन्सी-पछिल्ला तीनखेलमा पराजित भएपछि आहत बनेको एभर्टनले ईंग्लिस प्रिमियर लिगमा फुलह्याम माथि प्रतिस्पर्धात्मक जित निकाल्दै हारको श्रृखंला तोड्को छ । आईतबार राती भएको प्रतिस्पर्धामा ३-२गोलले पराजित गर्दै एभर्टनले तीन खेलको हारपछि जित निकाल्यो ।
एभर्टन म्यानचेष्टर युनाईटेड, न्युक्यासल युनाईटेड र साउथह्यामटनसँग पराजित भएको थियो । तीन खेलको हारको अवस्थामा कमजोर देखिएको एभर्टनको जितमा डोमिनिक काल्भेर्ट लेविनले दुई गोल गरे ।
लेविनले खेलको पहिलो मिनेटमै गोल गरेर एर्भटनलाई अग्रता दिलाए । तर १५ औं मिनेटमा फुलह्यामका लागि बोबी डे कार्डोभा रेईडले बराबरी गोल फर्काए । बराबरीमै अगाडि बढेको खेलमा २९ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बनाए ।
३५ औं मिनेटमा एभर्टनका लागि अब्दाउले डाउकाउरेले गोल गर्दै अग्रता फराकिलो बनाए । फुलह्यामले पनि दोस्रो हाफमा भने गोल थप्यो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रुबेन लोफट्स चिकले गोल गरे ।
कार्डोभाको स्थानमा ६८ औं मिनेटमा मैदान छिरेका उनले ७० औं मिनेटमा गोल फर्काउँदै बराबरी गर्ने तर्फ अग्रसर रहे । तर फुलह्यामले थप गोल गर्न सकेन् । एभर्टनले जितसँगे लिगमा १६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…