
प्रतिक्षा कतार विश्वकप फुटबलको ।
पोखरा-आजको मितिले ठ्याक्कै दुईवर्षपछि फुटबलको महामेला विश्वकप फुटबल प्रतियोगिता शुरु हुने छ । सन २०२२ को नोभेम्बर २१ देखि विश्वकप फुटबल हुदैं छ । कतारमा आयोजना हुने विश्वकपको लागि तयारी व्यापक छ ।
फुटबल स्टेडियम निर्माण कार्य अन्तिम चरणमा छ । ९० प्रतिशत काम पुरा भईसकेको छ । कामलाई तिब्रता दिइएको छ । तीन वटा स्टेडियम तयारी भईसकेको छ । खालिफा इन्टरनेशनल, अल जानोब र एजकेशन सिटी काम पुरा भईसकेको छ । ती मैदानमा कोरोना कहरकै बीचमा सन २०२० मा एकसय भन्दा बढी खेलहरु खेलिसकिएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फेन्टिनोले सन २०२० सबैका लागि चुनौतिपूर्ण रहेको उल्लेख गरे । यस्तो कठिन परिस्थितिमा पनि विकास राम्रै रहेको छ । कतारको तयारीले सन २०२२ मा आयोजना हुने विश्वकप निकै सानदार हुने विश्वास व्यक्त गरे । विश्वकपपछि पनि केही वर्ष सम्झनयोग्य रहने छ ।
कतारमा हुने विश्वकप नेपालीले दिउँसै हेर्न पाउने छन् । विगतका विश्वकप मध्यरातमा आयोजना हुदाँ विश्वकप हेर्नबाट बन्चित हुनुपर्ने अवस्था थियो । उदघाटन खेल नेपाली समय अनुसार पौने चार बजे हुने छ ।