
प्याराग्लाईडिङ । सांकेतिक तस्बिर ।
पोखरा-पोखरामा सोमबार क्योकुशिन कराँतेका खेलाडी एवं प्याराग्लाईडिङ पाईलट राजु नेपालीको मृत्यु भएको छ । प्याराग्लाईडिङमा टेण्डम फ्लाईट गराएका नेपालीको अवतरणस्थल भन्दा डेढकिलोमिटर पर दुर्घटनामा परी निधन भएको प्रहरीले जनाएको छ ।
उनीसँगै उडान भरेकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ वासीकु बस्ने वर्ष २८ की शिला श्रेष्ठ गम्भीर घाईते भएकी छन् ।
पाईलट नेपाली फिष्टेल कम्पनी मार्फत व्यवसायिक उडान भर्दै आएका थिए । सोमबार पनि उनले व्यवसायिक उडान भर्ने क्रममा फेवाताल किनारमा अवतरण हुनु भन्दा डेढकिलोमिटर पर दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते अवस्थामा अस्पताल पुर्याईएको थियो ।
पोखरा महानगरपालिक-२८ कालिका घर भई हाल लेकसाईड बस्ने वर्ष ३८ वर्षिय नेपालीले केही वर्षयता प्याराग्लाईडिङ उडान भर्दैआएका थिए ।
नेपाली क्योकुशिन कराँतेका खेलाडी हुन् । उनी हाल नेपाल स्ट्रोगेष्ट कराँतेमा आवद्ध थिए । उनी थर्ड डान समेत रहेको बताइएको छ । २०५८ सालबाट पोखराको विरौटा डोजोबाट क्योकुशिन कराँते शुरु गरेका थिए । ६५ केजी तौल समूहको प्रतिस्पर्धामा उनले दुईपटक पदक जितेका थिए ।
२०५९ सालमा ढुंगेसाँघुमा आयोजित कराँते प्रतियोगितामा उनी तेस्रो स्थानमा रहेका थिए । २०६० सालमा भने उनले दोस्रो स्थान रहँदै रजत पदक जितेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…