
खेलकुदको योजना छैनन् ।
पोखरा-गण्डकी प्रदेशका सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्काले आफनो निर्वाचन क्षेत्रमा विभिन्न योजनाहरु सञ्चालन गरेको खर्चको विवरण पेश गरेका छन् । तर दुवै प्रदेश सदस्यले खेलकुद क्षेत्रमा लगानी भने शून्य रहेको छ ।
प्रदेश सदस्यले उद्योग, पर्यटन, वन तथा वातावरण भूमी व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार, सिँचाई र तटबन्द, खानेपानी, पुल, सामाजिक विकासमा योजनाहरु सञ्चालन गरिएपनि खेलकुदको योजना परेको देखिदैन् ।
यो आर्थिक वर्षमा सदस्यद्वयले १ करोड ४५ लाख ६८ हजार रुपैयाँ विभिन्न १८ वटा योजनाको लागि छुट्टाएको पत्रकार सम्मेलनमा दिइएको विज्ञप्तिमा उल्लेख छ । सञ्चालित १८ योजनामा खेलकुदको योजना भने परेको छैन् । मन्दिर एवं सामाजिक बहुउद्देश्यीय भवनमा ३१ लाख रुपैयाँ छुट्टाईएको छ । दुवै सदस्यको निर्वाचन क्षेत्रमा दुई ठूला खेलकुदका योजनाहरु छन् ।
विन्दुकुमार थापाको निर्वाचन क्षेत्र अन्तर्गत पोखरा-२० मौजामा महानगरकै सबैभन्दा उचाईमा फुटबल मैदान बनाउने कार्य अघि बढ्ने संघारमा छ । पोखरा महानगरपालिकाले यो आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्टाएको छ । अर्का सदस्य कुमार खड्काको निर्वाचन क्षेत्र अन्तर्गत लामाचौरको गोस्ते खेल मैदान निर्माणाधिन अवस्थामा छ ।
खड्का मन्त्री हुदाँ काठमाडौंबाट योजनाकै लागि पहलकदमी नभएको भने होईन् । तर अहिले खेलकुद क्षेत्रमा योजना नपरेको प्रति खेलकुद क्षेत्रमा आवद्ध खेलकुदकर्मीले गुनासो गरेका छन् । खेलकुदकर्मीहरुको भनाई अनुसार सबै क्षेत्रलाई समेट्दा खेलकुदका योजनाहरु पनि एकदुईवटा समेटिएको भए राम्रो हुने थियो ।
प्रदेश सदस्यद्वय प्रभा कोईराला र मिना गुरुङले समेत सार्वजनिक गरेको योजनाको विवरणमा खेलकुद क्षेत्र समेटिन सकेको छैन् । विद्यालयस्तरमा खेलकुद पूर्वाधार निर्माणमा खासै ध्यान गएको देखिदैन् ।
सरकारले पनि एक निर्वाचन क्षेत्र एक खेलमैदानको नीति छ । त्यस तर्फ प्रदेश सदस्यहरुले पनि खेलकुदको योजनालाई ध्यानदिनुपर्ने आवाज खेलकुद क्षेत्रका पदाधिकारीले उठाएका छन् । कोईराला र गुरुङद्वयले ५४ लाख ३२ हजार रुपैयाँ विभिन्न ७ वटा योजनाहरु खर्च गरिएको सार्वजनिक गरिएको थियो । नेपाल प्रेस युनियन कास्कीको आयोजनामा सोमबार पत्रकार सम्मेलन मार्फत योजनाको विवरण सार्वजनिक गरिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…