मेस्सी र ग्रिजमनको सम्बन्ध बिग्रेको छैन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित


मेस्सी र ग्रिजमन ।

एजेन्सी-बार्सिलोनामा कप्तान लियोनेल मेस्सी र एन्टोनोई ग्रिजमन बीचको सम्बन्ध चिसिएको चर्चा छ । तर गरिएको जस्तो चर्चा भने छैन् । केही दिन अघि मात्रै ग्रिजमनका काका एरिक अल्हट्सले मेस्सी विरुद्धको कडा आलोचनात्मक अभिव्यक्ति दिएका थिए । उनले बार्सिलोनामा मेस्सीको आतंकको शासनको संज्ञा दिएका थिए ।

उनको अभिव्यक्तिले बार्सिलोनामा ग्रिजमन र मेस्सीको सम्बन्धलाई कुनै असर नगरेको क्लबका पूर्व सल्लाहकारले बताएका छन् । सल्लाहकारकाले ग्रिजमनका काकाको टिप्पणीले प्रभावित नभएको दावी गरेका छन् । सम्बन्ध बिग्रेको छैन् ।

ग्रिजमनले पनि बार्सिलोनामा आफना क्लब सहकर्मी लियोनेल मेस्सीसँगको सम्बन्ध काकाले गरेको टिका टिप्पणीले नबिग्रिएको बताएका छन् । उनका काका(एरिक)ले तीन वर्ष अघि नै साथ छोडिसकेका थिए । ग्रिजमनले अभिव्यक्तिलाई इंगित गर्दै थपे- मेरो विवाहमा उनलाई बोलाइएको थियो । तर उनी(काका) आएनन् । म रिसाएँ । उनलाई देखिन् । त्यसपछि सम्बन्ध खासै रहेन् ।

दुईसाता अघि मात्रै ग्रिजमनको एजेण्टको रुपमा काकाले बार्सिलोनामा मेस्सीले आतंकको शासन चलाएको आरोप लगाएपछि सम्बन्ध चिसिएको समाचार बाहिर आएको थियो । ग्रिजमनले थपे मेरो एजेण्ट मेरो बहिनी हो । बहिनीले केही बोलेकी छैनन् । नत मेरो परिवारले नै गर्छ । कोही कसैले भन्न सक्छ । आफनो राय राख्न सक्छ । तर गलत भनाईले नोक्सान पुर्याउँछ । जसले मेरो र लियोसँगको ड्रेसिङ रुममा शंका उत्पन्न गरोस ।

तर ग्रिजमनले भने लियोलाई थाहा छ । म उनीप्रति सम्मान र प्रशंसा गर्छ । म उनीबाट सिक्न सक्छु । तर यस्ता अभिव्यक्तिले धेरै चोट पुर्याउँछ । ग्रिजमन सन २०१९ मा एथलेटिको मड्रिडबाट १२० मिलियन युरोमा बार्सिलोना भित्रिएका थिए । तर बार्सिलोनामा उनले एथलेटिकोमा जस्तो प्रभावशाली खेल प्रदर्शन गर्न भने सकेका छैनन् ।