च्याम्पियन्स लिगमा चेल्सी र युनाईटेडको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १० गते २०७७ मा प्रकाशित


निर्णायक गोल गरेपछि चेल्सीका जिराउड ।

एजेन्सी-च्याम्पियन्स लिग अन्तर्गत ईंग्लिस क्लब चेल्सी र म्याचेष्टर युनाईटेडले जित दर्ता गरेका छन् । गएराती भएको प्रतिस्पर्धामा चेल्सीले रेनेसलाई २-१गोलले पराजित गर्दा युनाईटेडले भने इस्तानाबुल बासाकसेहिरलाई ४-१ गोलले फराकिलो जित निकालेको छ ।

पहिलो हाफमा गोल गर्दै चेल्सीले रेनेसमाथि दबाव सृजना गर्या्े । पहिलो हाफको २२ औं मिनेटमा कलुम हड्सन ओडाईको गोलबाट चेल्सीले अग्रता लिएको थियो । पहिलोा हाफ १-० गोलकै अग्रतामा टुंगिएको थियो ।

दोस्रो हाफमा भने रेनेसले गोल फर्काउँदै बराबरी गर्यो । ८५ औं मिनेटमा सेराउ गुइरासेले गोल गर्दै बराबरीमा ल्यायो । तर अन्तिम मिनेटमा सम्हलिन नसक्दा चेल्सीले स्पष्ट जित पक्का बनायो । ओलिभर जिराउडले इन्जुरी समयमा गोल गर्दै चेल्सीको जित सुनिश्चित बनाए ।

ब्रुनो फर्नाण्डेजले गोल गरेपछि खुशी साट्दै ।

अर्को खेलमा युनाइृटेडले ब्रुनो फर्नाण्डेजको दुई गोलको मद्धतमा इस्तनाबुल माथि फराकिलो जित सम्भब बनायो । बु्रनोले ७ र १९ औं मिनेटमा गोल गरेका थिए । मार्कस रासफोर्डले पेनाल्टी मार्फत ३५ औं मिनेटमा गोल गरेपछि युनाईटेड पहिलो हाफमै ३-० को अग्रता कायम गर्यो ।

दोस्रो हाफमा इस्तानाबुलका लागि ७५ औं मिनेटमा डेनिस टुरुसले गोल गर्दै गोल अन्तर कम गर्ने प्रयास गरे । उनको गोल सान्त्वना हुन पुग्यो । इन्जुरी समयमा डानियल जेम्सले गोल गर्दै युनाईटेडलाई ४-१ को फराकिलो जितको स्थितिमा पुर्याउँदै च्याम्पियन्स लिगको समूहको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।