च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १० गते २०७७ मा प्रकाशित


पेनाल्टी प्रहार गर्दै बार्सिलोनाका ब्रेथवेथ ।

एजेन्सी-नियमित कप्तान लियोनेल मेस्सीलाई आराम दिईएको खेलमा बार्सिलोनाले गएराती च्याम्पियन्स लिगमा डाइनामो किभलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
डोनाल्ड कोयम्यानले मेस्सीलाई कमजोर मानिएको डाइनामोसँगको खेलमा मेस्सीलाई आराम दिएका थिए ।

गएरातीको प्रतिस्पर्धामा बार्सिलोनाले फराकिलो जित निकाल्ने क्रममा मेस्सीसँग तिक्तता रहेको फ्रेन्चम्यान एन्टोनोई गिज्रमनले इन्जुरी समयमा गोल गर्दै आफनो अस्थित्व जोगाई राखे ।

बार्सिलोनाले चारै गोल दोस्रो हाफमा सम्भब बनायो । पहिलो हाफ गोल रहित टुंगिएको थियो । बार्सिलोनाले गोलको लागि ५२ औं मिनेटसम्म कुर्नुपर्यो ।

५२ औं मिनेटमा सर्जिनो डेष्टको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि मार्टिन ब्रेथवेथले ५७ औं मिनेटमा गोल थपे । ७० औं मिनेटमा पाएको पेनाल्टीलाई पनि मार्टिनले गोल गरेपछि बार्सिलोनाको अग्रता फराकिलो बन्दै गयो । खेलको इन्जुरी समयमा ग्रिजमनले गोल गर्दै खेल ४-० को स्थितिमा टुंगियो ।

यसैगरी च्याम्पियन्स लिगकै अर्को खेलमा सेभिल्लाले क्रास्नोदारलाई २-१ गोलले पराजित गरेको थियो । इभान राकिटिचले ४ मिनेटमा गोल गर्दै सेभिल्लालाई अग्रता दिलाउँदा निर्णायाक गोल भने मुनर एल हाडाडीले इन्जुरी समयमा गरेका थिए । क्रास्नोदारको लागि ५६ औं मिनेटमा वेन्डरसनले गोल गरेका थिए ।