पेनाल्टी गोलमा पिएसजीलाई राहत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १० गते २०७७ मा प्रकाशित


पेनाल्टीमा गोल गरेपछि पिएसजीका नेयमार ।

एजेन्सी-पेरिस सेन्ट जर्मेनले आरबी लेईपजिगलाई पराजित गर्न पेनाल्टीको सहयोग लियो । पेनाल्टीमा गोल गर्दै पिएसजीले लेईपजिगमाथि कठिन जित दर्ता गर्यो ।

च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको प्रतिस्पर्धामा पिएसजीको जितमा नेयमारले पेनाल्टीमा निर्णायक गोल गरे । ११ औं मिनेटमा पेनाल्टी गोल गर्दै जित दिलाए । उनको पेनाल्टी नै खेलको निर्णायक बन्न पुग्यो ।

उता बोरुसिया डर्टमण्डले क्लब बर्गलाई ३-० ले पराजित गर्यो । युवा खेलाडी अर्लिङ हालाण्डले दुई तथा जाडोन सान्चोले एक गोल गरे ।

हालाण्डले १६ औं मिनेटमा अग्रता दिलाए । ४५ औं मिनेटमा सान्चोले अर्को गोल थपे । तेस्रो गोल भने हालाण्डले ६० औं मिनेटमा सम्भब बनाए ।