
पोखरा–२९ भण्डारढीक खेल मैदानमा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल । तस्बिर खेलाडी न्युज
पोखरा-गण्डकी प्रदेशका विभिन्न जिल्लामा कभर्डहल पूर्वाधार निर्माणाधिन अवस्थामा छन् । बजेटकै अभावमा पूर्वाधारले पूर्णता पाउन सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र स्थानीय तहले खेलकुदको पूर्वाधारमा लगानी गर्दै आएका छन् । परिषदले उपलब्ध गराएको बजेटबाटै गण्डकी प्रदेशका अधिकांश जिल्लामा कभर्ड हल निर्माणाधिन अवस्थामा छन् । तर पुरा कुनैपनि भएका छैनन् ।
हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा कभर्ड हल निर्माणकै क्रममा छ । मुस्ताङमा मन्त्रालयसँगै स्थानीय तहबाट गरी १ करोड १० लाख रुपैयाँ खर्च भईसकेको छ । मनाङमा निर्माणाधिन कभर्ड हललाई ९० लाख रुपैयाँ खर्च भईसकेको छ । त्यसैगरी तनहुँमा ४० लाखको लागतमा दुईवटा बास्टकेटबल कोर्ट निर्माण गरिएको छ । यसैगरी पर्वतमा ४० लाख रुपैयामा हलको काम हुदैं छ । म्याग्दीमा ९० लाख रुपैयाँ खर्च गरिएको छ । स्याङजमा फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न ६० लाख रुपैयाँ खर्च गरिएको छ । लमजुङमा ३० लाख रुपैयाँ खर्च गरिएको छ । गोरखामा फुटबल मैदान बनाउन रिटेनिङ पर्खाल लगाउन ४० लाख रुपैयाँ खर्च गरिएको छ । म्याग्दीमा पनि फुटबल मैदानको लागि रिटेनिङ पर्खाल बनाउन बजेट छुट्टाइएको हो ।
‘कर्भड हलका काम भएका छन् । तर कुनैपनि पुरा भएका छैनन् ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका ईन्जिनियर प्रनिस ताम्राकारले भने–‘काम सकिएको छैन् । यो वर्ष पनि थोरै बजेट छ । त्यसैले काम गर्नुपर्ने अवस्था छ ।’ उल्लेखित जिल्लाका पूर्वाधारको लागि परिषदले १०÷१० लाख रुपैयाँ मात्रै छुट्टाएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी काम गरिएपनि पूर्णता पाउन भने अझै सकेको छैन् ।
परिषदले कास्कीमा विशेष गरी पोखरा रंगशालाभित्रको पूर्वाधार बनाउन र स्तरोन्नति गर्न बजेट छुट्टाइएको छ । पोखरा रंगशालामा स्वीमिङपुललाई ५० लाख, सुटिङ रेन्जलाई ५० लाख, घार्मीस्थित जेष्ठ नागरिक कभर्ड हललाई ५० लाख, रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हललाई १ करोड र फुटबल मैदानको लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ । स्वीमिङ र सुटिङको रेन्ज बनाउन टेण्डर आह्वान भईसकेको छैन् । कभर्ड हलमा सिट राख्ने प्रस्ताव सहित बजेट छुट्टाईएपनि त्यसको लागि टेण्डर आह्वान हुन सकेको छैन् ।
गत आर्थिक वर्षमा कास्कीमै विभिन्न शीर्षकमा १ करोड १४ लाख रुपैयाँ खर्च गरिएको थियो । साना स्थानीय तहमा खेल मैदान निर्माण गर्ने उद्देश्यसहित विनियोजित बजेटबाट काम गरिएको छ । गतवर्ष नै ठूलो बजेटको बाम्दी खेलमैदान ५० लाख रुपैयाँ र घान्द्रुकस्थित मेश्रम बराह माविको खेलमैदान स्तरोन्नति गर्न ५० लाख रुपैयाँ छुट्टाइएको थियो । गण्डकी प्रदेशमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीसँगै पूर्वाधार निर्माण शुरु गरिएको हो । यद्यपी कोभिड–१९ सँगै बजेटको अभावले पूर्वाधारलाई फिनिसिङ गर्न नसकिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । पूर्वाधार निर्माणले पूर्णता पाउन नसक्दा खेलकुद गतिविधि गर्न सकिएको छैन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…