
कप्तान मल्ल ।
पोखरा-पाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र युवा खेलाडी रोहितकुमार पौडेललाई कोरोना संक्रमण देखिएको छ । दुईदिन अघि संकलन गरिएको स्वाब परीक्षण गर्ने क्रममा नजिता आज बुधबार आएको थियो ।
नेपाल क्रिकेट संघ(क्यान)ले कोरोनाको रिपोर्ट सार्वजनिक नगरेपछि कप्तान मल्लले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । बुधबारदेखि बन्द प्रशिक्षण गर्ने योजना सहित नेपाली राष्ट्रिय क्रिकेट टोलीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।
बन्द परीक्षण शुरु गर्नुअघि खेलाडीहरुको स्वाब संकलन गरिएको थियो । पाँच खेलाडी अनुपस्थित थिए । करन केसी पोखरा रंगशाला क्रिकेट मैदानमा नियमित प्रशिक्षण गर्दै आएका छन् । कप्तान मल्लले आफुलाई कोरोना संक्रमण देखिएपछि बन्द प्रशिक्षणको स्थगित हुन पुग्दा क्षमायाचना समेत गरेका छन् । कप्तान मल्लले आफुलाई कुनैपनि लक्षण नभएको बताएका छन् ।
बन्द प्रशिक्षणसँगै चितवनमा नवनिर्मित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको प्रशिक्षण मैदानमा नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…