
हाजार्डले गोलगरेपछि रियलका खेलाडीहरु ।
एजेन्सी-रियल मड्रिडले आफनो भरपर्दा खेलाडीको अनुपस्थितिमै च्याम्पियन्स लिगमा गएराती इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । पहिलो लेगमा भने मिलानलाई उस्तै नजिताले पराजित गरेको थियो । चयाम्पियन्स लिगको दुवै खेलमा मिलान रियल मड्रिडसँग २-० गोलले पराजित हुदैं च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । मिलान चार खेलबाट २ अंकसहित समूहको पुछारमा रहेको छ ।
गएरातीको प्रतिस्पर्धा मिलानलाई निकै सकस पर्यो । सातौं मिनेटमा ईडेन हाजार्डको गोलसँगै अग्रता लिएको रियलले अर्को गोल उपहार प्राप्त गर्यो । हाजार्डको गोल पहिलो हाफमै अग्रता लिन पर्याप्त हुदाँ हाफ अघि नै मिलान दश खेलाडीमा सीमित हुन पुग्यो ।
मिलानमा यसै सिजन सरुवा भएका अर्टुरो भिडाल रातो कार्ड खाँदै मैदान छाडेपछि मिलन दश खेलाडीमा सीमित रह्यो । ३३ औं मिनेटमा भिडालले मैदान छाडेका थिए । तर दोस्रो हाफ भने मड्रिड विरुद्ध मिलानले निकै प्रतिस्पर्धामा उत्रियो । तर आत्मघाती गोलको उपहार दिएपछि मिलान निराश बन्न पुग्यो । ५९ औ मिनेटमा अच्र्राफ हाकिमीले आत्मघाती गोल गरेपछि रियलले अग्रता दोब्बर बनाउँदै नजिता आफनो पक्षमा पार्यो । मिलान निराश हुदैं अर्को वर्षको प्रतिक्षामा रहदैं खेल टुग्यायो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…