एटलान्टासँगै लिभरपुल घरमै पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


गोल गर्ने प्रयासरत एटलान्टाका खेलाडी ।

एजेन्सी-एटलान्टाले लिभरपुललाई घरमै पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल आफनै घरेलु मैदान एनफिल्डमा एटलान्टसँग नतमष्तक बन्न पुग्यो ।

शीर्षस्थानमा रहेको लिभरपुल पराजित भएपछि शीर्षस्थानमै छ । गएरातीको प्रतिस्पर्धामा लिभरपुल एटलान्टासँग २-० ले पराजित भयो । यद्यपी समूहको शीर्षस्थानमा रहँदै नकाउट चरणमा प्रवेश गर्ने सम्भावना भने बलियो नै छ ।

पहिलो हाफ गोलरहित टुंगिएको थियो । तर दोस्रो हाफमै एटलान्टाले दुवै गोलको सम्भावना बनायो । जोसिप क्लिसिचले ६० औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल रोविन गोसेन्सले ६४ औं मिनेटमा गरेका थिए । चार मिनेटभित्रमा दुई गोल गरेपछि लिभरपुल स्तब्ध बन्न पुग्यो ।