फोडेनको गोलमा सिटी च्याम्पियन्स लिगको नकाउटचरणमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित


फोडेन ।

एजेन्सी-फिल फोडेनको निर्णायाक गोलमा म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको नकाउट चरणमा प्रवेश गरेको छ । गएरातीको प्रतिस्पर्धामा सिटीले ओलम्पिकासलाई १-० गोलले पराजित गर्दै नकाउट चरणमा प्रवेश गरेको हो ।

सिटी १२ अंकसहित समूहको शीर्षस्थानमा रहँदै नकाउट चरणमा प्रवेश गरेको हो । फोडेनले ३६ औं मिनेटमा निर्णायक गोल गरेका थिए । प्रिमियर लिगमा टोटनह्याम हट्सपरसँग २-०ले पराजित भएपछि तनाबमा रहेको सिटीले च्याम्पियन्स लिगमा गएराती जितसँगै नकाउट चरणमा प्रवेश गरेपछि राहत महशुस गर्यो ।

पेप ग्वार्डिओलाको नविकरण गर्दै दुई वर्षे सम्झौता गरेको च्याम्पियन्स लिगको पहिलो खेल थियो । ओलम्पिकासलाई पराजित गरेपछि नकाउट चरण प्रवेशसँगै ग्वार्डिओलाको परीक्षा शुरु भएको छ ।