
गोल गरेपछि खुशी साट्दै आर्सनलका खेलाडीहरु ।
एजेन्सी-मोल्डेलाई ३-० गोलले पराजित गर्दै ईग्लिस क्लब आर्सनल युईएफए युरोपा लिगाको अन्तिम ३२ मा छिरेको छ । गएराती भएको प्रतिस्पर्धामा आर्सनलले दुवै गोल दोस्रो हाफमा सम्भब बनाएको थियो ।
नर्वेजियन क्लबलाई पराजित गर्ने क्रममा आर्सनलले ५० औं मिनेटमा पहिलो गोल गरेको थियो । निकोलस पेपेले अग्रता दिलाउँदा ५५ औं मिनेटमा रेईस नेल्सनले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम तिर आईपुग्दा आर्सनलले अर्को गोल थप्यो । फोलारिन बालोगनले ८३ औं मिनेटमा गोल गर्दै फराकिलो जित दर्ता गर्यो । बालोगन ८२ औं मिनेटमा मैदान छिर्दै गोल गरेका थिए ।