
पहिलो एकदिवसिय क्रिकेट । भारत विरुद्ध अष्ट्रेलिया ।
एजेन्सी-कोरोना कहरसँगै शुरु भएको अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत आज भारत र अष्ट्रेलिया विरुद्ध पहिलो एक दिवसीय खेल खेल्दै छ । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन एकदिवसीय श्रृखंला अन्तर्गत केहीबेरमा पहिलो एकदिवसीय खेल खेल्ने छ ।
आठ महिनापछि शून्यतामा रहेको अवस्थालाई चिर्दै क्रिकेटकै रोमाञ्चक खेल शुुरु हुदैं छ । कोरोनाको संक्रमणकालिन अवस्थामै यो पहिलो एकदिवसीय खेल समेत हो । भारतले नोभेम्बरकै दोस्रो साताभित्रमा फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल) दुबईमा आयोजना गरेर टुग्याईसकेको थियो । आईपिएलपछि भारत अष्ट्रेलिया भ्रमणमा निस्किएको हो ।
पहिलो एकदिवसीय खेलमा भारतका हिटर रोहित शर्मा उपस्थिति हुने छैनन् । भारतलाई उनको अभाव भने खड्किन सक्छ । भारतले ओपनिंग शिखर धवन वा मायांक अग्रवाल अथवा सुभम गिलसँग ओपनिंग साझेदारी गर्ने सम्भावना समेत छ ।
एकदिवसीय खेलमा भारतीय टिममा कप्तान विराट कोहली, शिखर धवन, मायांक अग्रवाल, सुभम गिल, जसप्रित बुमराह, श्रेयस ऐयर, लोकेश राहुल , मनिष पाण्डे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, युजभेन्द्र चाहाल, कुलदिप यादब, मोहम्मद सामी, सार्दुल ठाकुर र नवदीप सैनी रहेका छन् ।
यसैगरी भारत विरुद्धको खेलको लागि अष्ट्रेलियाको टिममा आरोन फिन्चले कप्तानी गर्ने छन् । डेविड वार्नर, विड वॉर्नर, स्टीव स्मिथ, मार्नस लाबुशाने, ग्लेन मैक्सवेल, मार्कस स्टोइनिस, एलेक्स कैरी, प्याट कमिन्स, मिशेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड, सीन एबाट, एस्टन एगर, कैमरन ग्रीन, मोइसेस हेनरिक्स, एन्ड्रयू टाई, डेनियल सैम्स, मैथ्यू वेड रहेका छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…