
गोल गरेपछि लिभरपुलका खेलाडीहरु ।
एजेन्सी-पहिलो हाफमै पेनाल्टीको अवसरलाई गुमाएको ब्रिङटन लिभरपुलसँग अंक बाडेको छ । अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयो गरेपछि लिभरपुलसँग ब्रिङटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । अंक बाडेपछि लिभरपुल २१ अंकसहित लिगको शीर्षस्थानमा उक्लिएको छ ।
पहिलो हाफको २० औंं मिनेटमा ब्रिङटनले अग्रता लिने अवसरलाई गुमाउन पुग्यो । पाएको पेनाल्टीलाई निल माउपेले चुकाएपछि पहिलो हाफ स्पष्ट अग्रता लिनबाट बन्चित हुन पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा दोस्रो हाफमा लिभरपुलले गोल गर्दै जित पक्का गर्ने अग्रसर रह्यो । तर दुर्भाग्य अन्तिम मिनेट(इन्जुरी समय)मा ब्रिङटनले फेरी पेनाल्टीको अवसर पायो ।
डियागो जोटाले ६० औं मिनेटमा निर्णायक गोल गरे । मोहम्मद सलाहले दिएको पासलाई जोटाले सदुपयोग गर्दै गोल गरेका थिए । उनको गोल नै लिभरपुललाई जितको लागि पर्याप्त हुने अपेक्षा गरिएको थियो । ६४ औं मिनेटमा सलाहको स्थानमा सादियो माने मैदान प्रवेश गरेका थिए ।
यद्यपी लिभरपुलले थप गोल भने गर्न सकेन् । खेलको इन्जुरी समयमा पाएको पेनाल्टीलाई ब्रिङटनका पाश्कल ग्रसले गोल गर्दै बराबरी गरे । बराबरीसँगै लिभरपुलसँग हार टार्दै अंक खोस्न सफल भएको थियो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…