
गोलको खुशीमा बार्सिलोनाका खेलाडीहरु ।
एजेन्सी-ओसासुनामाथि बार्सिलोनाले आईतबार राती ४-० फराकिलो जित निकालेको छ । जितसँगै बार्सिलोना ला लिगाको सातौं स्थानमामा उक्लिएको छ ।
बार्सिलोनाले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्दै सहज जित दर्ता गर्यो । मार्टिन ब्रायथवेटेले खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
मार्टिनको गोलसँगै शुरुवात गरेको बार्सिलोनाका लागि एन्टोनोई ग्रिजमनले दोस्रो गोल गरे । पेनाल्टी बक्स बाहिरबाट हानेको कडा लेफ्टफुटेट सट सिधै पोष्टभित्र छिरेको थियो । डिफेन्सले हेड क्लियर गर्न खोजेको बललाई उनले कडा प्रहार गर्दा ओसासुनाका गोलकिपरले मेसो नै पाएनन् ।
५७ औं मिनेटमा फिलिप्पे कोटिन्होले बार्सिलोनाको लागि तेस्रो गोल गरे । चौथो गोल भने लिओनेल मेस्सीको नाममा रह्यो । उनले ७३ औं मिनेटमा गोल गर्दै ओसासुनामाथि ४-० गोलले पराजित गर्दै अंक तालिकामा १४ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…