म्यानचेष्टर युनाईटेडको पुनरागमन जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित


मासन ग्रिनउड गोल गर्ने प्रयास गर्दै ।

एजेन्सी-पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा तीन गोल गर्दै म्यानचेष्टर युनाईटेडले पुनरागमन जित निकालेका छ । दोस्रो हाफमा तीन गोल गर्दै म्यानचेष्टर युनाईटेडले साउथह्यामटनलाई ३-२ ले पराजित गर्दै जित आत्मसात गर्यो ।

आईतबार राती ईग्लिस प्रिमियर लिग अन्तर्गत बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एडिन्सन काभानीले दुई गोलगरेपछि युनाईटेडले जितको खुशी मनायो । दुई गोलको अग्रतालाई साउथह्यामटनले जोगाउन नसक्दा इन्जुरी समयमा गोल खाँदै पराजित हुन पुग्यो ।

पहिलो हाफमै दुई गोलले पछि परेको अवस्थामा निकै दबावमा रहेको युनाईटेडले दोस्रो हाफमा लयमा फर्कियो । २३ औं मिनेटमा जान बेड्नारेकले गोल गर्दै साउथह्यामटनलाई अग्रता दिलाए । ३३ औं मिनेटमा जेम्स वार्ड प्रोसेले गोल गर्दै साउथह्यामटनलाई पहिलो हाफमा २-० को अग्रतामा राखे ।

तर दोस्रो हाफमा युनाईटेड खेलमा फर्कियो । ब्रुनो फर्नाण्डेजले ५९ औं मिनेटमा गोल फर्काउँदै अग्रतालाई कम बनाए । त्यसपछि काभानीले ७४ औ मिनेटमा गोल गरेपछि युनाईटेड सम्भावित हारबाट जोगियो । काभानी मासन ग्रिनउडको स्थानमा मैदान प्रवेश गरेका थिए ।

पहिलो गोल काभानीकै पासमा फर्नाण्डेजले गोल गरेका थिए । काभानीले भने हेडर मार्फत गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याए । मार्कस रासफोर्ड दिएको पासलाई काभानीले निर्णायक गोल गर्दै जित दिलाउने महत्वपूर्णका भूमीका खेले ।