सख्तरसँग रियल दोस्रो लेग आज खेल्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित


रियल विरुद्ध सख्तर ।

एजेन्सी-च्याम्पियन्स लिगको पहिलो खेलमा पराजित भएको रियल मड्रिडले आज राती सख्तर डोनेट्स्कसँग दोस्रो लेग खेल्दै छ । ३-२ गोलले पराजित भएसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्न निकै कठिन मोडमा पुगेको छ । आजको खेल निकै महत्वपूर्ण छ ।

खेलाडी घाईतले रियल अर्को समस्यमा छ । भरपर्दा खेलाडी एवं कप्तान सर्जियो रामोस घाईते छन् । स्ट्राईकर ईडेन हाजार्ड समेत घाईते छन् । यसले गर्दा रियललाई आज गर या मरको स्थितिमा छ ।

जितको हकदार बनाउने जिम्मा करिम बेन्जेमाको काँधमा छ । युवा खेलाडीले आज शतप्रतिशत खेल्नुपर्ने दबावमा छ । स्पेनिस ला लिगामा अल्भासँग २-१ गोलले पराजित भएपछि रियल निकै दबावमा छ । त्यही खेलमा हाजार्ड घाईते भएका थिए । बोरुसिया मोन्चेङग्लाडवाचसँग आगामी डिसेम्बर ९ तारिखमा खेल्ने छ ।

भिनिसियस जुनियर, कासिमिरो, टोनी क्रस, रोड्रिगो लगायतले रियलको लागि शतप्रतिशत खेल्नुपर्ने छ । शख्तरले पनि आज जित निकाल्दै च्याम्पियन्स लिगमा नकाउटचरण प्रवेशको लागि बलियो बनाउने लक्ष्यमा हुने छ। मेटेयस टेटे र भिक्टोर कोर्निएन्को मोनोर सोलोमन लगायतका खेलाडीको प्रदर्शनले शख्तरको प्रदर्शनलाई मापन गर्ने छ ।