
आयाक्स विरुद्ध गोल गरेपछि खुशी मनाउँदै जोनेस ।
एजेन्सी-ईग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगिच क्लब पोर्टोसँग गोलरहित बराबरी खेल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । सिटी १३ अंक र पोर्टो १० अंक लिदैं नकाउट चरणमा प्रवेश गरेका हुन् ।
अर्को प्रिमियर लिग क्लब लिभरपुलले पनि नकाउट चरणमा प्रवेश गर्ने क्रममा गएराती आयाक्सलाई पराजित गरेको थियो । पहिलो हाफमा गोल रहित टुंगिदाँ दोस्रो हाफमा आयाक्स विरुद्ध गोल गर्दै लिभरपुल नकाउट चरणमा प्रवेश गर्यो । लिभरपुल १२ अंकसहित नकाउटचरणमा प्रवेश गर्दा दोस्रो टोलीको भने रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा छ ।
५८ औं मिनेटमा कर्टिस जोनेसको निर्णायक गोलमा जित पक्का गर्दै लिभरपुलले नकाउटचरणको ढोका खोल्यो । लिभरपुल पनि अघिल्लो खेलमा एटलान्टासँग पराजित हुदाँ निकै दबावमा थियो । यद्यपी गएरातीको जितले राहत मात्रै नभई नकाउटचरणको यात्रा तय गर्यो ।
च्याम्पियन्स लिगकै जटिल मोडमा भने रियल, सख्तर, इन्टर मिलान र बोरुसिया मन्चेङग्लाडबाच छन् । सबैलाई अन्तिम खेल अनिवार्य जितको खाँचो छ । रियलले बोरुसियालाई पराजित गरेको अवस्थामा प्रवेश गर्ने छ । सख्तर र इन्टर जसले जित्छ उही नकाउटचरण प्रवेश गर्ने छ । इन्टर ५ अंकसहित पुछारमा रहँदा रियल र सख्तर ७ अंकमा छन् । बोरुसिया ८ अंकसहित शीर्षमा छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…