पानीजन्य(वाटरस्पोर्टस) खेलकुद पर्यटनको आधार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित


कास्कीको ल्वाङघलेलमा झरनामा क्यानोनिङ गर्दै । तस्बिर उमेश पुन

पोखरा-पोखरा र आसपासका क्षेत्रमा पानीजन्य खेलकुद(वाटरस्पोर्टस)को प्रचार सम्भावना भएपनि त्यसबारेमा अध्ययन हुनै सकेको छैन् । ताल, नदीनालामा पानीजन्य खेलकुदका गतिविधि सञ्चालन गर्ने पर्यटकीय खेलकुद प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर त्यस तर्फ सरोकार निकायको ध्यान गएको छैन् । गण्डकी प्रदेश विश्वकै उत्कृष्ट साहसिक खेलकुदको गन्तव्य बन्न सक्छ । कास्कीमा भएका तालहरुमा फ्लाट वाटर स्पोर्टस गर्न सकिन्छ ।

तालहरुमा फ्लाट वाटर गेम गर्न सकिन्छ । तालहरुमा वाटर स्की, पावर बोटिङ, स्कुभा डाईभिङ, वाटर बेलुन, कायाकिङ, लगायतका खेलकुद गतिविधि गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने नेपाल पर्वतीय खेलकुद महासंघले जनाएको छ । सरकारी निकायबाट त्यसविषयमा अध्ययन, कार्ययोजना बनाउन नसकिएको गुनासोा छ । दीगो पर्यटन विकासको नयाँ आयाम बन्ने पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले बताए । अध्यक्ष गोविन्द भट्टराइले गण्डकी प्रदेशमा पानीजन्य खेलकुद गतिविधि आयोजना गर्न सकिए विश्वकै उत्कृष्ट गन्तव्य बन्ने दावी गरे । ‘शहर नजिकै ताल र नदी अन्यत्र कतै छैन् । तालमा फ्लाटवाटर गेम र नदीमा ह्वाईट वाटर गेम गर्न सकिन्छ । त्यसको लागि सरोकार निकायको ध्यान जान जरुरी छ ।’ उनको भनाई थियो ।

पर्यटन व्यवसायी राम गुरुङले आठ वर्ष अघि वाटर स्कीको प्रस्ताव गरेका थिए । प्रस्तावित योजनालाई महानगरपालिकाले छलफलमा अगाडि बढाउन सकेन् । महानगरले पनि वाटर स्पोर्टसको अवधारणा पछिल्लो समय ल्याएको थियो । त्यो अवधारणा केवल अवधारणामै सीमित हुन पुग्यो । कार्यान्वयनको चरणमा पुग्नै सकेको छैन् । बेगनास, रुपा र फेवाताल बाहेक अन्य ताल भने सहकारीकरण गरिएको छ ।

‘मैले तालमा वाटर स्की(केबल स्की) गर्ने योजनासहित प्रस्ताव पेश गरेको थिएँ’ पर्यटनकर्मी राम गुरुङले भने–‘त्यतिबेला दिएनन् अहिले सोचै छैन् ।’ उनले सन २०१२ मा दिपाङ तालमा वाटर स्की गर्नको लागि योजनासहित प्रस्ताव पेश गरेका थिए । उनले तालमा गरिने पानीजन्य खेलकुद छोडेर आफनै गाँउ ल्वाङघलेलमा झरनामा डोरीको सहायताले चढ्ने (क्यानोनिङ) शुरु गरेका छन् । ‘तालमा वाटर स्पोर्टसको अवधारणा महानगरले ल्याएपनि विरोध हुदाँ अघि बढेको छैन् ।’ महानगरपालिकाका प्राविधिक महेन्द्र गोदारले बताए ।

मस्र्याङदी, कालीगण्डकी, मादी, मोदी र सेती नदीमा ¥याफ्टिङ हुन्छन् । स्प्रीन्ट, स्लालम र डाउन रिभर रेसमा प्रतियोगिता आयोजना गर्न सकिन्छ । कायाकिङ र ¥याफ्टिङ हुदैं आएको छ । व्यवसायिक रुपमा मनोरन्जनको लागि मात्रै खेलिने गरिएको छ । गण्डकी प्रदेशले विशेष गरी नेचर, कल्चर र एडभेन्चर स्पोर्टसलाई बढी प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने सुझाव छ

कास्कीको ल्वाङघलेलमा झरनामा क्यानोनिङ गर्दै । तस्बिर उमेश पुन