आजराती रोनाल्डो र मेस्सीको प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित


रोनाल्डो र मेस्सीको प्रतिस्पर्धा

एजेन्सी-क्रिष्टियानो रोनाल्डो विनाको युभेन्टसलाई उसैको घरमा बार्सिलोनाले २-० गोलले पराजित गर्यो । पहिलो लेगमा टुरिनमा भएको प्रतिस्पर्धामा बार्सिलोनाले जित्दा रोनाल्डो मैदानमा उपस्थित थिएनन् ।

आजराती बार्सिलोना र युभेन्टस बीच च्याम्पियन्स लिगको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दै छन् । क्याम्प नोउमा दोस्रो लेग हुदाँ बार्सिलोनाले युभेन्टसलाई मात्रै नभई क्रिष्टियानो रोनाल्डो एक पटक स्पेन फर्किने छन् ।

दुई वर्ष अघि स्पेन छोडेर इटाली पुगेका रोनाल्डो दुईवर्षपछि स्पेन फर्किने तयारीमा छन् । उनको फकाई सार्थक हुने आशा र विश्वासमा युभेन्टस छ । पहिलो लेगमा कोरोना भाईरसको संक्रमण देखिएपछि रोनाल्डो घरेलु मैदानमा युभेन्टसको जर्सीमा मैदान उत्रिन पाएनन् । घरेलु मैदानमा युभेन्टसले नमिठो हार व्यहोर्यो । प्रतिस्पर्धा युभेन्टस र बार्सिलोनाको भएपनि प्रतिस्पर्धा लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डो बीचको हुने धेरैले अनुमान गरेका छन् ।

बार्सिलोना यतिबेला निकै खराब लयमा छ । दुईदिन अघि मात्रै भर्खरै ए डिभिजनमा बढुवा भएको काडिजसँग २९१ गोलले पराजित हुन पुग्यो । त्यसले पनि बार्सिलोना निकै तनाब र दबावमा छ । उसो त च्याम्पियन्स लिगमा दुवै टोली नकाउट चरणमा प्रवेश गरिसकेका छन् । यद्यपी दुईको प्रतिस्पर्धा प्रतिष्ठाको लागि हुने छ ।

मेस्सी र रोनाल्डो दुवै चढ्दो उमेरका छन् । १५ वर्षदेखि विश्व फुटबलमा दुवैको राज छ । १२ वर्ष बालोन डि ओरको निर्णय हुदाँ ११ पटक उनीहरु दुवैको हातमा पुगेको छ । मेस्सीले ६ र रोनाल्डोले ५ पटक बालोन डि ओरको हकदार भईसकेका छन् ।

मेस्सीले च्याम्पियन्स लिग अन्तर्गतको पछिल्ला दुई खेल उपस्थित भएनन् । किनकी बार्सिलोनाले नकाउट चरण सुरक्षित गरिसकेको अवस्था छ । तर बुधबार हुने खेलमा मेस्सी युभेन्टस विरुद्ध खेल्ने बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोयम्यानले बताए । लियो र रोनाल्डो दुवै उत्कृष्ट खेलाडी हुन् । दुबैको उच्चस्तरीय प्रतिस्पर्धाको लामो समय हेर्न पाईएको छ । कोयम्यानले न्युज कन्फ्रेन्समा भने । दुवै युरोपका क्लबमा निकै उच्चस्तरीय प्रदर्शन गरिरहेका छन् ।