
खेलपछि हात मिलाउँदै मेस्सी र रोनाल्डो ।
एजेन्सी-युभेन्ट्सले बार्सिलोनालाई नोउ क्याम्पै लज्जास्पद हार चखाउँदा क्रिष्टियानो रोनाल्डो फेरी एक पटक नायक सावित भए । उनले दुई पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाइं उसैको घरमा युभेन्ट्सले ३-०ले पराजित गर्दै स्तब्ध बनाईदियो ।जितसँगै युभेन्टस समूहको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोना दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । दुवै अन्तिम खेल अगावै नकाउट चरणमा प्रवेश गरिसकेका थिए । यद्यपी यो खेल प्रतिष्ठाको लागि थियो ।
च्याम्पियन्स लिगको इटालीको टुरिनमा युभेन्टसको घरेलु मैदानमा मेस्सीले पेनाल्टीमा गोल गर्दै २-० नजिता निकाल्दै बलियो देखिएको थियो । तर घरेलु मैदानमा बार्सिलोना खराब नजितामा पराजित हुन पुग्यो । केही दिन अघि मात्रै स्पेनिस ला लिगामा भर्खरै ए डिभिजनमा उक्लिएको काडिजसँग पराजित हुदैं खराब नजितालाई दोहोर्याएको थियो ।
रोनाल्डोले १३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उनको गोलसँगै हौसिएको युभेन्टसले २० औं मिनेटमा अर्को गोल थप्यो । वेष्टन म्याकेनीले गोल गर्दै युभेन्टसकोअग्रतालाई दोब्बर बनाए ।
पहिलो हाफमै दुई गोलले पछि परेको बार्सिलोना युभेन्टससँग कमजोर देखिएको थियो । मेस्सीको जादु खासै चल्न सकेन् । रोनाल्डोले अर्को गोल थप्दै फराकिलो जित सम्भव बनाए । उनले ५२ औं मिनेटमा अर्को पेनाल्टीमा गोल गर्दै फराकिलो जित पक्का बनाए ।
पछिल्लो १५ वर्षयता मेस्सी र रोनाल्डोको प्रतिस्पर्धालाई हेर्न दर्शक लालायित थिए । च्याम्पियन्स लिगको समूहगत प्रतिस्पर्धामा भने उनीहरु दुवैबीच भेट भने भएको थिएन् । सन २००८ मा उनीहरुको पहिलो भेट भएको थियो । जतिबेला रोनाल्डो म्यानचेष्टर युनाईटेडमा थिए । पहिलो च्याम्पियन्स लिगमा गोलरहित बराबरीमा टुंगिएको थियो ।
त्यसपछिको अन्तिम भेट सन २०१८ को एल क्लासिकोमा रोनाल्डो र मेस्सीले प्रतिस्पर्धा गरेका थिए । स्पेनिस ला लिगाको इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिड बीचको प्रतिस्पर्धामा पनि २-२गोलको बराबरीमा टुुंगिएको थियो । त्यसपछि रोनाल्डो इटालियन क्लब युभेन्टसमा सरुवा भए । सरुवा भएको दुईवर्षपछि उनीहरु च्याम्पियन्स लिग मार्फत फेरी एक पटक आमने सामने भएका हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…