
कास्की क्रिकेट क्लबका व्याट्सम्यान सांग्रिला विरुद्ध व्याटिंग गर्दै ।
पोखरा-विपिन खत्री र अरुण अधिकारीले चौथो विकेटको लागि ८४ रनको साझेदारी गरेपछि सांग्रिला क्रिकेट क्लबले क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगितामा बुधबार कास्की क्रिकेट क्लबमाथि चार विकेटले पराजित गरेको छ ।
१४७ रनको कमजोर लक्ष्य पछ्याएको सांग्रिलाले ३२.२ ओभरमा पुरा गर्ने क्रममा कप्तान विपिन खत्रीले भने शर्धशतकीय पारी खेल्दै अनुभवी क्रिकेटरको परिचय दिए । फ्रेन्चाईज क्रिकेटको अनुभव समेत रहेका अलराण्डर विपिनको अविजिति ७० रनको योगदानमा ६ विकेटको क्षतिमा सांग्रिलाले लक्ष्य पुरा गरेको थियो ।
१२–१ को अवस्थामा रहेको सांग्रिलाले थप पाँच रन जोड्ने क्रममा अर्को विकेट गुमाएको थियो । एकपछि अर्को गरी सस्तैमा अउट भएपछि दबावमा परेको सांग्रिलालाई अरुण अधिकारी र विपिनले इनिङ सम्हालेका थिए । २४–३ को स्थितिबाट उकास्दै व्याट्सम्यानद्वय अधिकारी र खत्रीले चौथो विकेटको लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । १०८ रन बनाउने क्रममा अधिकारी व्यक्तिगत ३५ रनमा आउट हुन पुगे । उनले ४४ बल खेल्ने क्रममा एक चौका र एक छक्का हिर्काए । खत्रीले अविजित ७० रन बनाउँदै जितको हकदार बनाउन केवल ६४ बल खेल्दै ६ चौका र १ छक्का हिर्काएका थिए । कास्की क्रिकेट क्लबका बलर विश्व कार्की र नितेश गिरीको नाममा दुई–दुई विकेट लेखिएको थियो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जित्दै कास्की क्रिकेट क्लबले यु–१६ राष्ट्रिय खेलाडी अर्जुन कुमालको अर्धशतकीय पारीमा ३७.५ ओभरमा पुरा विकेट गुमाउँदै १४६ रनको सामान्य योगफल तयार पार्यो । कुमाले उत्कृष्ट व्याटिङको शैली पस्किदा अन्य व्याट्सम्यान भने सस्तैमा आउट हुन पुगे । चार व्याट्सम्यान शून्य रनमै पभेलियनको बाटो समाएपछि कास्की क्रिकेट क्लब सस्तैमा समेटिएको थियो ।
कुमालले ७१ रनको पारी खेले । उनले ९३ बल खेल्दै ८ चौका हिर्काए । आयुस सैंजुले पनि २५ रनको महत्वपूर्ण योगदान दिए । तर अन्यको प्रभावकारी प्रदर्शन भने देखिएन् । सांग्रिला क्रिकेट क्लबका बलर विकास क्षत्रीले ९.५ ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिदैं उत्कृष्ट बलिङ गरेपछि कास्की क्रिकेट क्लब सस्तैमा आउट हुन पुग्यो ।
कप्तान विपिन खत्रीले एक मेडन राख्दै केवल १ विकेट मात्रै आफनो नाममा लेखाउँदा सुदिप पौडेलको नाममा भने दुई विकेट लेखिएको थियो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय छनोट प्रतियोगिता अन्तर्गत बिहीबार अरण्यज्योति क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । माछापुच्छ«े क्रिकेट क्लबले उदघाटन खेलमा पोखरा क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…