
अरण्यज्योति क्रिकेट क्लब ।
पोखरा-माछापुच्छ्रे क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा अरण्यज्योति क्रिकेट क्लबलाई २०६ रनले पराजित गरेको छ । यो माछापुच्छ्रेको दोस्रो जित हो ।
अभिषेक थापा र तेजेन्द्र घर्ती मगरले सातौं विकेटको लागि १४० रनको साझेदारी गरेपछि बिहीबार क्लबस्तरीय क्रिकेट प्रतियोगितामा माछापुच्छ्रेले २७६ रनको विशाल योगफल तयार पारेको थियो । कप्तान दिपेश खत्रीलाई ४ रनमै गुमाएको माछापुच्छ्रेको दोस्रो विकेटको रुपमा क्रिजमा छिरेका थापाले उत्कृष्ट लयलाई कायमै राखे । उनले मनोज कोईरालासँग दोस्रो विकेटको लािग ३९ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे । कोईराला पनि व्यक्तिगत २७ रनमा पभेलियन फर्किएपछि क्रिज छिरेका अमृत गुरुङ पनि सस्तैमा आउट हुने क्रममा २१ रन मात्रै जोडे । आठौं नम्बरमा क्रिजमा छिरेको तेजेन्द्रको घर्तीमगरको उत्कृष्ट व्याटिङ रह्यो ।
थापासँग तेजेन्द्र घर्ती निकै राम्रो साझेदारी जम्यो । पहिलो खेलमा ९४ रनमा नटआउट रहेका थापाले दोस्रो खेलमा शतीयक पारी खेल्दै उत्कृष्ट व्याट्सम्यानको छवि प्रस्तुत गरे । उनले ११० रन बनाउने क्रममा १२ चौका र १ छक्का हिर्काए । घर्तीमगर पनि ६२ रनमा नटआउट रहँदै ८ चौका हिर्काए । उनले ५८ बल खेलेका थिए । माछापुच्छ्रेको इनिङको २७ चौका र ३ छक्का स्कोर बोर्डमा लेखिदाँ पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २७६ विशाल योगफल तयार पारेको थियो । अरण्यज्योतिका सन्तोष न्यौपानेले दुई र प्रविन नेपालीले २ विकेट लिन सफल भए ।
२७७ रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब सस्तैमा आउट हुन पुग्यो । ७० रन बनाउने क्रममा सबै विकेट गुमाउँदै खराबस्थितिमा टुंग्यायो । माछापुच्छ्रे क्रिकेट क्लबका बलर कृष्ण पौडेलको कसिलो बलिङ सामु अरण्यज्योतिका व्याट्सम्यान टिक्नै सकेनन् ।
७० रनमा अलआउट हुदैं खराब नजितसँगै इनिङ टुग्याउँदा केवल एक व्याट्सम्यानको मात्रै दोहोरो अंकको रन स्कोर कार्डमा चढ्यो । प्रविन नेपालीले ११ रन बनए । जुन अरण्यज्योतिका लागि सर्वाधिक स्कोर हुन पुग्यो । बलर पौडेलले ६–१–१९–३ को प्रदर्शन गरे । उनीसँगै कृष्ण बास्तोलाले तीन ओभरमा १८ रन खर्र्चिएर ३ विकेट लिए । अमृत गुरुङ र ऋकेश गुप्ताको नाममा २/२ विकेट लेखियो । दोस्रो जितसँगै माछापुच्छ्रे क्रिकेट क्लब समूह एबाट शीर्षस्थानबाट फाईनल प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार राईजिङ पोखर क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…