
पोखरा क्रिकेट क्लब टिम ।
पोखरा-पोखरा क्रिकेट क्लबले क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगितामा शनिबार अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । १३१ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले तीन विकेटको क्षतिमा लक्ष्य पुरा गर्ने गोविन्द प्रधान र साहिल कार्कीले अविजित खेले ।
३४.१ अोभरमा लक्ष्य पुरा गर्ने क्रममा प्रधान २९ रनमा नटआउट रहे । उनीसँगे कार्कीले पनि २८ रन नटआउट खेल्दै जितको हकदार बनाए । मुस्कान थापाले ३१ रनको महत्वपूर्ण योगदान दिएपछि पोखरा क्रिकेट क्लबलाई केही सहज हुन पुग्यो । विकास अधिकारीले २२ रन र अनिल गुरुङले १२ रन मात्रै बनाउँदै आउट भए । सन्तोष न्यौपाने र सन्तोष शर्माले समान १÷१ विकेट लिएका थिए ।
दशौं नम्बरमा व्याटिङ गर्न आएका सन्तोष शर्माले उत्कृष्ट व्याटिङ गर्दै ४५ रन जोडेपछि अरण्यज्योति क्रिकेट क्लबले १३० रनको सामान्य योगफल तयार पारेको थियो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार टस जितेर व्याटिङमा उत्रिएको अरण्यज्योति सबै विकेट गुमाउँदै ३६ ओभरमा १३० रन बनाएको थियो ।
दुई रन जोड्ने क्रममा प्रविन नेपाली सुवास भण्डारीको बलमा एलबीडब्लुको धरापमा परे । केवल २ रन बनाई खेल्ने क्रममा आउट भए । ईशान बानिया पनि सस्तैमा पभेलियन फर्किए । उन अनिष खड्काको बलमा बोल्ड हुदाँ खातामा केवल ८ रन मात्रै जोडेका थिए । दश रनमा खेलिरहँदा सांग्रिलाले २ विकेट गुमाईसकेको थियो । निकै तनाब र दबावमा रहेको अरण्यज्योति लागि कप्तान विधान श्रेष्ठ सम्हालिएर खेल्नुपर्ने बाध्यता थिए । अनुप गुरुङ पनि १० रनमै आउट भएपछि अरण्यज्योति सस्तैमा समेटिने संंकेत देखियो । कप्तान श्रेष्ठले विकेट जोगाउने धुनमा लाग्दा ६३ बल खेल्दै २७ रन मात्रै जोड्न पुगे ।
कप्तान श्रेष्ठले एक चौका र दुई छक्का हिर्काउँदै इनिङ सम्हाल्ने प्रयास गरे । तर उनी ऋषिकेश पौडेलको बलमा क्याच आउट भएपछि धरासायी हुन पुग्यो । ६० रन बनाउने क्रममा ५ विकेट गुमाईसकेको सांग्रिलाले थप दुई रन जेड्ने क्रममा दुई विकेट गुमाएको थियो । रोशन खनाल र दिवस गिरी दुवै एलबीडब्लुको शिकार भए ।
देव साह र लक्की गुरुङको बलमा धरापमा परेका थिए । दशौं नम्बरमा आएका सन्तोष शर्माले ४२ बल खेल्दै ४५ रन बनाए । अर्धशतक नजिक पुगेका शर्मा सुवास भण्डारीले बोल्ड गरेपछि सांग्रिला १३० रन बनाउँदा सबै विकेट गुमाएको थियो । शर्माले तीन चौका र तीन छक्का स्कोर कार्डमा चढाए । ऋषिकेश पौडेल र सुवास भण्डारीले समान ३÷३ विकेट लिएका थिए । आईतबारको खेल राईजिङ पोखरा क्रिकेट क्लबले कास्की क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
खेलाडी घाईते
अरण्यज्योति क्रिकेट क्लबका खेलाडी सन्तोष न्यौपाने फिल्डिङ गर्ने क्रममा घाईते भएका छन् । पोखरा क्रिकेट क्लब विरुद्ध फिल्डिङ गर्ने क्रममा उनी घाईते भएका हुन् । उनको कास्की सेवा हस्टिपलमा उपचार भईरहेको छ । उनको देब्रे खुट्टा भाँचिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । डिप मिड विकेटमा बाउण्ड्री जोगाउन बल रोक्ने प्रयास गर्दा खुट्टा भाँचिएको हो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…