
सन्तोष न्यौपोने ।
पोखरा-क्लबस्तरीय क्रिकेट छनोटको पाँचौ दिन आईपुग्दा पोखरा रंगशाला क्रिकेट मैदानमा खेलाडी गम्भीर घाईते भए । पहिलो इनिंग सकिएर दोस्रो इनिंग शुरु गर्ने क्रममा फिल्डिंग गरिरहेका अरण्यज्योति क्रिकेट क्लबका सन्तोष न्यौपाने घाईते भए । उनले डिप मिड विकेटमा चौका जोगाउने क्रममा घाईते भए । उनको बायाँ खुट्टा भाँचिएको छ । कास्की सेवा हस्पिटलमा उपचार गरेपछि चितवन लगिएको छ ।
उनको देब्रे खुट्टा भाँचिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । चितवन घर भएका २६ वर्षिय न्यौपाने विगतदेखि नै पोखराबाट क्लबस्तरीय क्रिकेट खेल्दै आएको प्रशिक्षक रिजन प्रजुले जानकारी दिए । उनी चितवन भएपनि जिल्लास्तरीय प्रतियोगिता खेलेका छन् । कास्की जिल्लाबाट खेल्दै प्रदेश छनोटमा सहभागि थिए । पोखरा क्रिकेट क्षेत्र नं ८ हुदाँ देखि अण्डर १९ समेत खेलेका थिए ।
खेलाडी घाईतेले प्राथमिक स्वास्थ्य उपचार पोखरा रंगशालाभित्रै हुनुपर्छ भन्ने गम्भीर प्रश्न उठाएको छ । गतवर्ष पनि राष्ट्रपति रनिंग शिल्डको समयमा क्रिकेट मैदानमै दौडिने क्रममा एक विद्यार्थी घाईते भएकी थिईन् । यसले पनि स्वास्थ्यप्रतिको सचेतना नभएको घटनाले देखाएको छ । दोस्रो इनिंगमा उनी घाईतेभएपछि खेल आधा घण्टा रोकिएको थियो । खेलमा अरण्यज्योति क्रिकेट क्लब पोखरा क्रिकेट क्लबसँग ७ विकेटले पराजित हुन पुगेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…