
कासिमिरोले गोल गरेपछि खुशीले रमाउँदै रियलका खेलाडीहरु ।
एजेन्सी-मड्रिड डर्बीमा शीर्षस्थानको एट्लेटिकोलाई पराजित गर्दै रियल भने ला लिगको उपाधि रेसमा बलियो बनेर फर्किएको छ । शनिबार राती भएको डर्बी प्रतिस्पर्धामा रियलले एट्लेटिकोमाथि २-० गोलले पराजित गर्यो । पहिलो गोल रियलले गर्दा दोस्रो गोल भने उपहार पाउँदै तीन अंक सुनिश्चित बनाएको थियो ।
खेलाडी घाईतेले तनाबमा रहेको रियलले एट्लेटिकोलाई पराजित गर्न कासिमिरोले गोल गरे । स्पेनिस ला लिगामा उनले खासै स्कोरिंग गरेका छैनन् । यद्यपी रियलका सबैजसो खेलाडीले गोल गर्दै आएका छन् ।
कासिमिरोले १५ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । पहिलो हाफमा १-० ले पछि परेको एट्लेटिकोले दोस्रो हाफमा आफनै पोष्टमा आत्मघाती गोल गर्दै गोलको उपहार पस्किएपछि रियलले जित पक्का बनायो । ६३ औं मिनेटमा जन ओब्लकले आत्मघाती गोल गरेका थिए ।
च्याम्पियन्स लिगमा मान्चेन्ग्लाडवाचलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको रियलले ला लिगमा एटलेटिकोलाई पनि उस्तै नजितामा पराजित गरेको हो । १२ खेल टुग्याउँदा रियलले २३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…