सेफिल्डमाथि साउथह्यामटनको सानदार जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित


गोल गर्दै साउथह्यामटनका खेलाडी ।

एजेन्सी-ईंग्लिस प्रिमियर लिगमा पुछारमा रहेको सेफिल्ड युनाईटेडलाई ३-०ले पराजित गर्दै साउथह्यामटन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आईतबार राती भएको प्रतिस्पर्धामा पहिलो हाफमा एक गोल गरेको साउथ ह्यामटनले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकाल्यो ।

चे एडम्सले पहिलो हाफको ३४ औं मिनेटमा पहिलो गोल गरे । उनको गोलसँगै अग्रता लिएको साउथह्यामटनले पहिलो हाफ १-० गोलमा टुग्याएको थियो ।

६२ औं मिनेटमा स्टुअर्ट आर्मस्ट्रोङले साउथह्यामटनको लागि दोस्रो गोल गरे । तेस्रो गोल भने खेल सकिन सात मिनेट बाँकी रहँदा गर्दै जित पक्का बनायो । अन्तिम गोल ८३ औं मिनेटमा नाथन रेडमण्डले गर्दै फराकिलो जित सम्भव बनाए ।