
प्रदेश क्रिकेट छनोट
पोखरा-प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि दुई बैकल्पिक खेलाडीसहित १६ सदस्यीय कास्कीको टोली छनोट गरिएको छ । जिल्ला क्रिकेट संघ, कास्कीका सचिव दिपेन्द्रप्रताप चन्दले जारी गरेको विज्ञप्ति अनुसार छनोट गरिएको खेलाडीमा अधिकांश युवा र नयाँ छन् ।
कास्की जिल्लाको टोलीको नेतृत्व विपिन खत्रीले गर्ने छन् । सिनियर खेलाडीमा दिपेश खत्री रहेका छन् । त्यसैगरी अभिषेक थापा, साहिल कार्की, अरुण अधिकारी, सुदिप पौडेल, अर्जुन कुमाल, कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की, रमेश बस्नेत, सुवास भण्डारी, नितेश गिरी र देव साह रहेका छन् । त्यसैगरी बैकल्पिकमा विकास क्षत्री र तेजेन्द्र घर्तीमगर छन् । प्रशिक्षक रिजन प्रजु र व्यवस्थापक चन्द्रकुमार गुरुङ रहेका छन् ।
छनोट भएका जिल्लाको टोली दुई दिन बन्द प्रशिक्षणमा रहने छ । आगामी पुस ३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रदेशस्तरीय छनोटको लागि प्रतिस्पर्धा हुने छ । प्रदेश छनोटमा कास्कीसहित नवलपुर, तनहुँ र स्याङजाको टोलीले प्रतिस्पर्धा गर्ने छन् । चार जिल्लाका खेलाडीहरु बीचको प्रतिस्पर्धाबाट गण्डकी प्रदेशस्तरीय टिम छनोट गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…