लिभरपुलसँग टोटनह्याम पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २ गते २०७७ मा प्रकाशित


गोलको खुशी मनाउँदै फिरमिनो ।

एजेन्सी-टोटनह्यामलाई तीन अंकले पछि पार्दै लिभरपुल ईंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएरातीको प्रतिस्पर्धामा टोटनह्याम २-१ गोलले पराजित हुदैं लिभरपुलले तीन अंकको अग्रतालाई स्पष्ट पार्यो ।

मोहम्मद सलाहको गोलबाट अग्रता लिएको लिभरपुलले पहिलो हाफ भने बराबरीमा टुंग्याएको थियो । सलाहले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर त्यो अग्रता केवल ६ मिनेट मात्रै कायम रह्यो । ३३ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटनह्यामलाई बराबरीमा ल्याए ।

खेल बराबरी तर्फ उन्मुख हुदाँ अन्तिम मिनेटमा रोर्बटो फिरमिनोले गोल गर्दै लिभरपुललाई जित दिलाए । फिरमिनोले ९० औं मिनेटमा लिभरपुलका लागि निर्णायाक गोल गर्दै तीन अंकको लागि नायक बने । उनको गोलसँगै लिभरपुलले टोटनह्याममाथि २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।