रोनाल्डोले पेनाल्टी गुमाउँदा युभेन्टस जितबाट बन्चित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २ गते २०७७ मा प्रकाशित


क्रिष्टियानो रोनाल्डो

एजेन्सी-क्रिष्टियानो रोनाल्डोले पेनाल्टी खेर फालेपछि एटलान्टासँगको सम्भावित जितबाट युभेन्ट्स पछि हटेको छ । पेनाल्टी गोलले स्पष्ट जितसँगै तीन अंक जोडिने भएपछि रोनाल्डोको पेनाल्टी खेर गएपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत गएराती एटलान्टासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टीको अवसर पाएका थिए । तर पेनाल्टी खेर गएपछि युभेन्टसले जितको हकदार बन्नबाट चुक्यो । पेनाल्टी अघि नै दुवैले एक एक गोलको बराबरीमा खेलिरहेका थिए ।

२९ औं मिनेटमा फेडरिक चेसियाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै लिएको अग्रता दोस्रो हाफको केही मिनेटपछि नै बराबरी हुन पुग्यो । ५७ औं मिनेटमा एटलान्टाले खेलमा कमम्ब्याक गर्दै बराबरी गोल गर्यो । एटलान्टाका लागि रेमो फ्रिउलरले गोल गर्र्दै एटलान्टालाई सम्भावित हारबाट जोगाए ।