एसी मिलानसँग सासौलो पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ५ गते २०७७ मा प्रकाशित


गोलको खुशी मनाउँदै एसी मिलानका खेलाडीहरु ।

एजेन्सी-इटालियन सिरी ए अन्तर्गत आईतबार राती एसी मिलाने सासौलोलाई २-१ कै नजितामा पराजित गरेको छ । जितसँगै एसी मिलान शीर्ष र इन्टरमिलान दोस्रो स्थानमा यथावत छन् ।

फुटबलमा एसी मिलानले सबैभन्दा छिटो गोल गर्ने रेकर्ड बनायो । खेलको ६ सेकेण्डमा गोल गर्दै रेकर्ड बनाएको छ । राफायल लिआओले एक मिनेट समेत नबित्दै गोल गरेर अग्रता दिलाएका थिए । दोस्रो गोल भने एसी मिलानले २६ औं मिनेटमा सम्भब बनाएको थियो ।

२६ औं मिनेटमा एलेक्स साईलमेकर्सले गोल गरेका थिए । पहिलो हाफ दुई गोलले पछि परेको सासौलोले दोस्रो हाफमा एक गोल फर्कायो । प्रतिस्पर्धात्मक गोल गर्ने क्रममा ८९ औं मिनेटमा गरेको थियो । डोमिनिको बेरार्डीले गोल गरे । तर अर्कोगोल थप्न नसक्दा हारबाट जोगिन भने सकेन् ।