
लुकाकुले पेनाल्टीमा गोल गरेपछि खुशी साट्दै ।
एजेन्सी-पहिलो हाफ गोलरहित टुंगिएको इन्टर मिलानले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै स्पेजियालाई २-१ गोलले पराजित गरेको छ । इटालियन सिरी ए अन्तर्गत आईतबार राती भएको खेलमा दोस्रो हाफमा सुधारिएको खेल पस्कदैं इन्टरले स्कोरिग निकल्यो ।
५१ औं मिनेटमा अचराफ हाकिमीले पहिलो गोल गर्दै दिलाएको अग्रतामा रोमेलु लुकाकुले दोस्रो गोल भने पेनाल्टी मार्फत गर्दै जित सुनिश्चितता गरेका थिए । लुकाकुले ७१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाउँदै जित तर्फ उन्मुख बनाएका थिए ।
तर खेलको इन्जुरी समयमा स्पेजियाले गोल फर्काउँदै बराबरीको सम्भावना देखाउन खोज्यो तर समय धेरै ढिलो भईसकेको थियो । रोबर्टो पिक्कोलीले ९४ औं मिनेट(इन्जुरी समय)मा गोल गर्दै खेलमा फर्किने संकेत देखाएको थियो । खेल २-१ गोलले जित्दै इन्टरले तीन अंक खाता चढाउँदै सिरीको दोस्रो स्थानमा यथवात रह्यो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…