
खुशी साट्दै लिसेष्टर सिटीका खेलाडीहरु ।
एजेन्सी-टोटनह्यामलाई २-० गोलले पराजित गर्दै ईग्लिस प्रिमियर लिगमा लिसेष्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलसँग पराजित भएको टोटनह्याम एक साता नबित्दै लिसेष्टरसँग २-० गोलले पराजित हुदाँ चौथो स्थानमा खुम्चिन पग्यो ।
आईतबार राती भएको प्रतिस्पर्धामा लिसेष्टरका लागि जेमी भार्डी नायक बने । उनले पेनाल्टी मार्फत गोल गर्दै जित पक्का बनाउने अभियानमा जुट्दा अर्को गोल भने लिसेष्टरलाई आत्मघाती गोलको उपहार प्राप्त भएको थियो ।
भार्डीले पहिलो हाफ हुनु भन्दा अघि पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दिलाए । हाफ अघिको इन्जुरी समय(४९ औं मिनेट)मा गोल गर्दै टोटनह्याममाथि दबाव शुरु गरेको लिसेष्टरलाई आत्मघाती गोलको उपहारले जितको लागि थप बलियो र मजबुत बनायो ।
टोबी अल्डेरवायर्लर्डले ५९ औं मिनेटमा आत्मघाती गोल गर्दै लिसेष्टरलाई २-० को अग्रताको अवसर दिएका थिए । तर टोटनह्यामले भने लिसेष्टरसँग खेलमा फर्किने सम्भावना कमजोर बन्दै गएपछि पराजय स्वीकार्यो । लिसेष्टरले २७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…