
आर्मी क्लब
काठमाडौं– शहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफपसी) बाट मंगलबार एएफसी क्लब लाइसेन्स पाएको छ ।एएफसीले शीर्ष डिभिजनको लिग खेल्ने क्लबलाई लाइसेन्स लिनका लागि तोकेको मापदण्ड अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरा गरेपछि एएफसीको क्लब लाईसेन्स प्रदान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
‘एएफसीको मापदण्ड अनुसार आर्मीले सबै मादण्ड पूरा गरेकाले एएफसीबाट लाइसेन्स प्राप्त भएको छ । यो सँगै नेपाली फुटबलको क्षेत्रमा थप व्यवसायिक र विकासको ढोका खोलेको छ,’ एन्फाका अध्यक्ष शेर्पाले भने, ‘अन्य आवेदन दिएका क्लबको हकमा भने केही मापदण्ड पूरा हुन नसकेकाले यो सिजन लाइसेन्स प्राप्त हुन सकेन ।’
२०१४ देखी विश्व फुटबल महासंघ (फिफा) ले सारेको अवधारणा अन्तर्गत नेपालको आर्मी क्लबले मापदण्ड पूरा गरेको लाइसेन्स प्राप्त गर्ने पहिलो क्लब हो । एएफसी क्लब लाइसेन्सका लागि कुनै पनि क्लबले विभिन्न १८ वटा मापदण्ड पूरा गर्नु पर्ने प्राब्धान रहेको थियो । अब आर्मी क्लबल एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ । आर्मी क्लबका अलावा आवेदन दिएका १३ शीर्ष डिभिजन क्लब क्लबको आवेदन पनि अस्विकृत भएको छ । एएफसीले मापदण्ड पूरा नभएको भन्दै अस्वीकार गरेको हो । आगामी वर्ष अन्य दुई विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै अन्य दुई क्लबले लाइसेन्स प्राप्त गर्ने संकेत समेत रहेको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।
एन्फाका अनुसार यसअघि त्रिभुवन आर्मी क्लबको नाममा फुटबल खेल्दै आउको आर्मीको टोलीले अब त्रिभुवन आर्मी फुटबल क्लबको नाममा खेल्नु पर्नेछ । आर्मीको अपिल स्विकृत नभएको भए नेपालका कुनै पनि क्लबले एएफसीको क्लब प्रतियोगिता खेल्न पाउने थिएनन । आर्मी पछिल्लो पटक सम्पन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता टोली हो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…