
खेलाडीलाई पोशाक हस्तान्तरण ।
काठमाडौं-राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई बुधबार प्रदान गरेका छन् । १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो । विभिन्न संस्था र करातेका पूर्व खेलाडी मिलेर खेल पोशाक सहयोग गरेका थिए । उक्त सामाग्री गोदावरी नगरपालिका, वज्र सेक्युरिटी प्रा.लि., स्तम्भ बहुउद्देश्यीय सहकारी संस्था तथा करातेका पूर्व खेलाडीद्वय विनोद महर्जन र उमेश मल्लले प्रायोजन गरेका हुन् । त्यसका लागि आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका रवि महर्जनले पहल गरेका थिए ।
सामाग्री प्राप्त गर्ने खेलाडीमा रामबहादुर अधिकारी, सीता भण्डारी, रोहितहाङ राई, रञ्जना धामी, पलेशा गोवद्र्धन, दीपेश महत, विक्रम श्रेष्ठ, सुवासचन्द्र राई, सिर्जना घिसिङ, विदिता खनाल, विशाल गर्बुजा, पासाङ छिरिङ शेर्पा र लोकराज शाही रहेका छन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।
उनहीहरुलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेत, विभागका सचिव एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणालगायतले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सामाग्री प्रदान गरे ।
उक्त अवसरमा प्रमुख बस्नेतले तेक्वान्दो खेलाडीले ओलम्पिकमा जुनसुकै पदक जितेपनि ५ लाख नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए । ‘अबको ओलम्पिकमा तेक्वान्दो खेलाडीले जुनसकै पदक हासिल गरेपनि विभागले खेलाडीलाई ५ लाख नगदसहित सम्मान गर्छ । स्वर्ण नै जिते पुरस्कार राशी बृद्धिका लागि अझ सोच्छौं ।’– प्रमुख बस्नेतले भने । सचिव महर्जनले नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाउन तेक्वान्दो खेलको महत्वपूर्ण भूमिका रहँदै आएको धारणा व्यक्त गरे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…