
लमही क्रिकेट मैदान ।
दाङ– दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलि शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । त्यसको आवश्यक तयारी पुरा भईसकेको छ । लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ ।
प्रतियोगिताको पूर्व सन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा विकेट तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ । लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्याय गर्ने बताएका छन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्स टेलिभिजनले गर्नेछ । भने डिजिटल स्कोरकालागि इसपीएन क्रिकइन्फो डट कमबाट हेर्न सकिने ब्यबस्था मिलाईएको छ । यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोलीएपीएफको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजनगरिएको छ ।
जस अन्तर्गत समूह ‘ए’ माएपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनीप्रदेश रहेका छन् । भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ । उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ को सामना गर्नेछ । खेल अघि स्थानिय लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उदघाटन गर्ने छन् । यसरी समूहकाशीर्ष दुई टोली सेमिफाइनलपुग्नेछन् । सेमिफाइनलका दुवै खेल १७गते हुनेछ । भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…