
भारोत्तोलन बन्द प्रशिक्षण पोखरामा ।
पोखरा-जापानको टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीको लागि भारोत्तोलनका दुई खेलाडी बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेका छन् । प्रशिक्षक सन्जय महर्जनसँगै सन्जु चौधरी र कमला श्रेष्ठले शनिबार पोखरा आईपुगेका हुन् । उनीहरुले आईतबारदेखि पोखरा रंगशाला भारोत्तोलन संघ कास्कीमा प्रशिक्षण गर्ने छन् ।
पोखरा बन्द प्रशिक्षण आएका टोलीलाई शनिबार कास्की जिल्ला भारोत्तोलन संघले स्वागत गरेको छ । स्वागत गर्दै कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले खेलाडीहरु पोखराको बातावरणमा बन्द प्रशिक्षणमा कुनै समस्या आउन नदिने बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले पोखराको बन्द प्रशिक्षण खेलाडीलाई सहज बातावरण हुने अपेक्षा गरे । प्रशिक्षक सन्जय महर्जनले पोखरामा ६ देखि ८ हप्ता बन्द प्रशिक्षण गरिने बताए । उनले नयाँ युवापुस्ता नयाँ खेलाडीलाई बन्द प्रशिक्षणको अवसरको रुपमा प्रयोग गर्न सुझाव दिए ।
उनले ओलम्पिक खेल्ने खेलाडीसँगै प्रशिक्षणको लागि समेत पोखराका खेलाडीलाई आग्रह समेत गरे । सन्जु चौधरीले ५९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । चौधरी पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा स्वर्ण पदक विजेता खेलाडी समेत हुन् । यसैगरी कमला श्रेष्ठ भने ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
सागकै अवसरमा पोखरामा भारोत्तोलनका सबै आवश्यक सामाग्री छन् । पोखरा बाहेक अन्य ठाँउमा समेत सुविधायुक्त हलसहितको आवश्यक सामान छैन् । सागको लागि ल्याइएको सामान पोखरामै राखिएको छ । संघका अध्यक्ष बडगामीले खेलाडीलाई प्रोत्साहित गर्न सरस्वती गुरुङलाई जुत्ता समेत हस्तान्तरण गरेका थिए । संघका प्रथम उपाध्यक्ष उमेश सिकेले पोखरामा हुने बन्द प्रशिक्षणले नयाँ खेलाडीलाई प्रेरणा र हौसला मिल्ने स्पष्ट पारे । संघले भारोत्तोलनका सामानको सुरक्षा गर्न सिसि क्यामेरा समेत जडान गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…