युनाईटेड र लिसेष्टर बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ११ गते २०७७ मा प्रकाशित


मार्कस रासफोर्ड बलको लागि संघर्ष गर्दै ।

एजेन्सी-म्यानचेष्टर युनाईटेडले शनिबार र्ईग्लिस प्रिमियर लिग अन्तर्गत लिसेष्टर सिटीसँग बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार लिसेष्टरले आफनो घरेलु मैदानमा भएको प्रतिस्पर्धामा युनाईटेडसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

लिसेष्टर दुई पटक पछि परेको अवस्थामा बराबरी गर्दै युनाईटेडसँगको खेल हारबाट जोगिएको थियो । २३ औं मिनेटमा बु्रनो फर्नाण्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै अवे खेलमा युनाईटेडले अग्रता लियो । तर अग्रतालाई धेरै बेर टिक्नै सकेन् । लिसेष्टरले ३१ औ मिनेटमा बराबरी गोल फर्काउँदै युनाईटेडलाई दबाव दिईराख्यो । जेम्स मडिसनको पासमा हार्बे बर्नेसले बराबरी गोल गरे । पहिलो हाफ बराबरीमै टुंगिएको थियो ।

दोस्रो हाफमा घरेलु मैदानमा लिसेष्टरलाई युनाईटेडले फेरी दबावमा राख्दै गोल गर्यो । एडिसन काभानीको पासमा ब्रुनो फर्नाण्डेजले गोल गर्दै फेरी अग्रता लियो । तर अग्रतालाई लिसेष्टर बराबरीमा ल्याई छाड्यो । खेलको ८५ औं मिनेटमा एलेक्स टउनजेबेले आत्मघाती गोल गर्दै युनाईटेडको अंक खोसिएको थियो । केही दिन अघि लिसेष्टरले टोटनह्याम हट्स्परमाथि जित निकालेको थियो ।