क्रिष्टियानो रोनाल्डोलाई प्लेयर अफ दि सेन्चुरी अवार्ड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १३ गते २०७७ मा प्रकाशित


रोनाल्डोलाई प्लेयर अफ दि सेन्चुरी अवार्ड ।

एजेन्सी-क्रिष्टियानो रोनाल्डोलाई प्लेयर अफ दि सेन्चुरी अवार्डबाट सम्मानित गरिएको छ । दुर्बइ स्पोर्टस काउन्सिलको आयोजनामा उनलाई गएराती दुबईमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।

अवार्ड विशेष गरी सन २००१ देखि २०२० सम्म खेलाडीले प्रदर्शन गरेको अवस्थालाई हेरेर भोटिङ गरिएको थियो । भोटिङमा युभेन्ट्स एवं पोर्चुगल स्ट्राईकर रोनाल्डोले ३३ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा लिभरपुलका मोहम्मद सलाह रहे ।

उनले २५ प्रतिशत मत प्राप्त गरेको थिए । तेस्रो स्थानमा भने बार्सिलोनाका स्ट्राईकर लिओनेल मेस्सी थिए । उनले केवल २० प्रतिशत भोट पाएका थिए । ब्राजिलका रोनाल्डिन्होले ७ प्रतिशत भोट पाउँदा पोल्याण्डका स्ट्राईकर रोबर्ट लेवान्डस्कीले केवल ४ प्रतिशत भोट मात्रै पाएका थिए ।

अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै रोनाल्डोले परिवार, प्रेमिका, साथीभाइ, टिममेट्स प्रति आभार व्यक्त गरे । उनले आफनो बाल्कालको गरेको संघर्ष एवं बुवा आमाको प्रेरणा र साथीभाइको सहयोगले फुटबल प्रति लगावको लागि मलाई प्रेरणा गरेको बताए ।

उनले करियरमा पोर्चुगलको जर्सीमा १०२ गोल गरेका छन् । १ युुरोपियन लिग जितेका छन् । स्पेनिस ला लिगाबाट ५ पटक, दुई पटक इटालियन सिरी ए जितेका ३६ वर्षिय रोनाल्डो ५ पटक बालोन डि ओरबाट पुरस्कृत भईसकेका छन् ।