आर्मीलाई एएफसी प्रमाणपत्र हस्तान्तरण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १५ गते २०७७ मा प्रकाशित


त्रिभुवन आर्मी फुटबल क्लबलाई एसियाली फुटबल महासंघ (एएफसी)ले प्रमाणपत्र हस्तान्तरण

काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फ)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

आर्मी मुख्यालयमा भएको एक कार्यक्रममा नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाका अध्यक्षले हस्तान्तरण गरेका हुन् । विभिन्न मापदण्ड तोकिएकोमा पूरा गर्दै नेपालको शीर्ष डिभिजन लिग खेल्ने आर्मीलाई एक साता अगाडि एएफसी लाइसेन्स दिने निर्णय गरेको थियो ।

ए डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ ।

क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ ।
गत वर्ष सम्पन्न ‘ए’ डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो । एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।