शन चम्किँदा लिड्समाथि टोटेनह्यामको शानदार जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १८ गते २०७७ मा प्रकाशित


This image has an empty alt attribute; its file name is AP21002511085172-1-1024x695.jpg

एजेन्सी । स्ट्राइकर सन हियुङ मिनले सबै खाले खेलमा गरेर टोलीका लागि एक सयौं गोल पूरा गर्दाको दिन शनिबार टोटेनह्यामले प्रिमियर लिगमा लिड्स युनाइटेड माथि ३–० को शानदार जित निकालेको छ ।

This image has an empty alt attribute; its file name is AP21002501926832-1024x642.jpg

टोटेनह्यामका लागि दोस्रो गोल गरेका सनले २ सय ५३ औं खेल टोटेनह्यामका लागि खेल्दा एक साय गोल पूरा गरेका हुन । योसँगै सन टोटेनह्यामबाट सय गोल पूरा गर्ने १८ औं खेलाडी भएका छन् । लिड्सलाई घरेलु मैदानमा आतित्थ्य गरेको टोटेनह्याले पहिलो हाफमा पेनाल्टीबाट अग्रता लिन सफल भएको थियो । टोटेनह्यामका खेलाडीलाई रोक्ने क्रममा लिड्सका खेलाडीले पेनाल्टी बक्स भित्र खराब फाउल गर्दा टोटेनह्यामले पेनाल्टी अवसर पाएको थियो ।

This image has an empty alt attribute; its file name is AP21002503281162-1024x662.jpg

कप्तान ह्यारी केनले पेनाल्टी अवसरलाई सुदपयोग गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका हुन् । सन र ह्यारीकेनबीच भएको उत्कृष्ट तालमेलबाट टोटेनह्यामले भ्रमणकारी टोली लिड्सलाई दबाबमा राखेको थियो । केनको पासमा सनले ४३औं मिनेटमा आकर्षक गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा लिएको २–० को अग्रतालाई कायम राख्दै दोस्रो हाफमा पनि उत्कृष्ट खेल पस्किएको टोटेनह्यामका लागि ५०औं मिनेटमा सतकीय गोल पूरा गरेका सनको पासमा टोबी एल्डरवेरेल्डले जली जाली चुमाउँदा घरेलु टोलीले शानदार जित निकाल्न सफल भएको हो ।

This image has an empty alt attribute; its file name is AP21002501926832-1-1024x642.jpg

शनिबारको जितपछि टोटेनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । १६ खेलबाट २९ अंक जोडेको टोटेनह्यामसँगै लेस्टरसिटी र एभर्टनको पनि समान २९ अंक नै छ । तर गोल अन्तरका आधारमा टोटेनह्याम, लेस्टर र एभर्टन क्रमश तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । उता परातिज लिड्सको १७ खेलबाट २३ अंक रहेको छ ।